धनगढी । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिकाका १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।
उनीहरु दुवै नातामा साली–भिनाजु पर्छन् । किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो ।
बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
