Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सप्तरी । सप्तरीमा छोराले आफ्नै बुबाको हत्या गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन्। बुधबार बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए । आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई समेत बन्चरो प्रहार गरेका थिए । बुबा हिराईलाई बन्चरो हानेको देखेपछि छुटाउन गएका दसनमाथि समेत लालदेव जाइलागेका हुन् । बन्चरो प्रहारले दसनको टाउको र हातमा चोट लागेको छ । अहिले उनको फतेपुरस्थित स्थानीय…
काठमाडौं । सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतीको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ । अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘शव भएको स्थान एकान्त भएकाले कसैले चाल पाएका रहेनछन् । एक दिन अघि नै हत्या गरेको हुनसक्छ । घटनाको विभिन्न कोणबाट…
झापा । झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेका हुन् । लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ७ बजेदेखि चौधरीको बयान लिइएको स्रोतले बतायो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताएका छन् । काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्यो । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ । बदल्नैपर्छ यस अवस्थालाई । एमालेलाई लागि काठमाडौंमा यो अवस्था स्वीकार्य छैन । एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ । यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ । सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर…
काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको प्रमुख हुन् प्रहरी नायब उपरीक्षक (डिएसपी) ठाकुर प्रसाद पोखरेल । संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका पोखरेलले तलुसीपुरको कमाण्ड सम्हालेको करिब ९ महिना पुग्यो । तलुसीपुरको कमाण्ड सम्हालेको दिनदेखि नै डिएसपी पोखरेलले नयाँ नयाँ काम गर्दै आइरहेका छन् । जसलाई प्रहरी संगठनले नविनतम कार्य भन्ने गरेको छ । उनको कार्यकालमा तुलसीपुर इप्रकामा थुप्रै कामहरु भएको प्रहरी कर्मचारीहरु नै बताउँछन् । डिएसपी पोखरेलले यस कार्यालयबाट सूचनाको सहज पहुँचका लागि विभिन्न कार्यहरु भएको समेत बताए । नवीनतम कार्यहरु अन्तर्गत थुनुवाहरुको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि र उजुरी शाखाको लागि छुट्टाछुटै मोवाइल सेट र मोवाइल…
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाट गरेको घटनामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना प्रहरी पनि रहेका छन् । प्रहरी वृत्त बानेश्वरमा कार्यरत एक प्रहरीसहित दुईजना पक्राउ परेको कार्यालयले जनाएको छ । पक्राउ पर्ने प्रहरीमा वृत्तका हवल्दार चक्रबहादुर शाही रहेका छन् । उनीहरु बुधबार पक्राउ परेका हुन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । यस विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । बुधबार बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१र१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसीलगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमावासी सहभागी थिए । झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म एक सय ४४ किलोमिटर लामो सीमा क्षेत्र…
काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जना दुर्गा प्रसाईंका अंथरक्षक भनिएकाहरुलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर थप अनसन्धान गर्न अदालतले आदेश दिएको हो । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान…
झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय मोहम्मद हुसेन र २१ वर्षीय मञ्जीर रुलहकरहेका छन् । उनीहरुको साथबाट १७ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै इलाका…