काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ ।
गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीपीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने उल्लेख गरेको छ ।
कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको बिषयलाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।
कार्यदलले ३० वर्षे सेवा अवधि हटाउनेदेखि सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सनमात्रै होइन पदावधिदेखि उमेरहदबारे समेत थपघट गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले आईजीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझाव दिएको हो ।
अहिले कार्यान्वयनमा रहेको प्रहरी नियमावली २०७१ अनुसार आईजीको पदावधि ४ वर्ष छ ।
