काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा डिआईजीहरुको सरुवा गरेको छ । नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका हाकिम (डिआईजी) को सरुवा गरिएको हो ।
स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको सिफारिसमा प्रधानमन्त्रीले डिआईजी सरुवा गरेका हुन् । हाल कोशी प्रदेशमा कार्यरत डिआइजी किशोर श्रेष्ठको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको बताइएको छ ।
त्यस्तै सुदूरपश्चिममा कार्यरत इन्द्र लामाको कोशी प्रदेश, मधेस प्रदेशमा कार्यरत सञ्जय यादवको बागमती प्रदेश, बागमतीमा कार्यरत रामप्रसाद दासको लुम्बिनी प्रदेश, लुम्बिनीका ओम खड्काको कर्णाली, कर्णालीका माधव तिमल्सिनाको मधेस र गण्डकीका कृष्ण खनालको विभागको केन्द्रीय कार्यालय सरुवा भएकोमा गण्डकीमा प्रजेश सिंह हमाल गएका छन् ।
अब उनीहरू केही दिनमै नयाँ कार्यक्षेत्रमा खटिनेछन् ।
![राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरुको सरुवा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/08/2021-07-0760e527a8ab2e2.jpg)