काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई नयाँबानेश्वरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा तान्जानियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तोसेपोइ रहेकी छन् ।
ब्युरोको टोलीले जुमालाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा खानतलासी गर्दा झोलाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध कोकिनका ८० वटा क्याप्सुलहरु बरामद गरेको थियो।
उक्त क्याप्सुलमा रहेको लागूऔषध कोकिन १ किलो १०४ ग्राम रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।उक्त कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरीक तोसेपोइलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो।
उनले कोकिनका क्यासुलहरु भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ ।
जुमाको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८७ लाख रहेको ब्यूरोले जनाएको छ।
