Author: Scoop Khabar

काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन् । नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् । निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिब १ बजे घटना घटेको हो ।घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा उनको शव भेटिएको स्थानीयले बताएका छन् । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । उनले…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले अस्तव्यस्त अवस्थामा रहेको प्रहरी संगठन सुधार्न र जनताको भरपर्दो संगठन बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रहरीले देश र जनताको पक्षमा निरन्तर रुपमा प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै आईजीपी कुँवरले नेपाल प्रहरीलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दै लाने प्रतिबद्धता व्यक्त गरे । स्कुपखबरसँगको कुराकानीमा आईजीपी कुँवरले मुलुकका विभिन्न स्थानमा प्रहरीले गरेका सकारात्मक कामको उदाहरण दिँदै प्रहरी संगठनमा केही समयदेखि रोकिएको सरुवा–बढुवा गर्न आफू सफल भएको बताए । प्रहरी संगठनलाई पनि संघीयताअनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेको आईजीपी कुँवरको भनाइ छ । सरकारका हरेक काममा…

थप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष पत्नी रञ्जिता चौधरी श्रेष्ठलाई सम्झाउँदै फेरि अर्को पत्र लेखेका छन् । यसअघि पनि उनले पार्टी विवादको विषयलाई लिएर पत्र लेखेका थिए । नाउपा संरक्षक चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमार्फत छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच चरम विवाद छ । यस विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको पत्रमा उल्लेख गरेका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रञ्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो–मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरेको आरोप लगाएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारका लागि पुगेका महामन्त्री थापाले राई र लामिछाने मिलेर सहकारीको पैसा हिनामिना गरेको आरोप लगाएका हुन् । ‘जीबी राईले सबै पैसा ग्यालेक्सी टीभीमा लगाएको छु भनेका छन् । यही विषयलाई हामीले सदन र सडकमा उठाउँदै आएका छौं । तर राजनीतिक आग्रहका आधारमा भनेको छैन । गोर्खा मिडियाका मालिक, जिबी राई र रवि लामिछाने हुन् । पाँचवटा सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको छ । खासमा एक…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको पहलमा अवकाशप्राप्त प्रहरी कर्मचारी र तिनका परिवारले बहालवाला प्रहरी कर्मचारीसरह स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । प्रहरीको नीति निर्माण समिति तथा प्रहरी कल्याण कोष सञ्चालक समितिले आउँदो साउनदेखि अवकाशप्राप्त कर्मचारी र तिनका परिवारलाई बहालवाला कर्मचारीसरह स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो । यो निर्णयसँगै अब भूपू प्रहरी कर्मचारी र तिनका परिवारले नेपाल प्रहरी अस्पताल र प्रदेश प्रहरी अस्पतालहरुमा निःशुल्क औषधिउपचार गराउन पाउने भएका हुन् । जसको चौतर्फी प्रशंसा भएको छ । यसअघि बहालरत कर्मचारीलाई चेकजाँच, ल्याब टेस्ट, औषधि निःशुल्क भएपनि भूपू कर्मचारीलाई केही छुटमा निश्चित् शुल्क दिँदै आइएको थियो…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले इलाम २ मा हुने उपनिर्वाचनमा पैसाको चलखेल रोक्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार इलामको माङसेबुङमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै उपनिर्वाचनमा पैसा बाँड्ने काम हुने गर्छ भने जसरी पनि रोक्न प्रहरीलाई निर्देशन दिएका हुन् । ‘सुरक्षा निकायका साथीहरू चुनावमा पैसा बाँड्नेलाई ध्यान दिएर हेर्नुहोला । यसपटक कसरी पैसा बाँडिन्छ हामी पनि हेर्छौँ । कहीँ कसैले भोट किन्न खोजेमा आदेश कुर्नुपर्दैन, कहाँ जाक्ने हो जाक्नुहोला,’ उनले भने । देशको भविष्यमाथि खेलबाड गर्ने देशद्रोही रहेको बताउँदै गृहमन्त्री लामिछानेले देशद्रोहीलाई कसरी ठीक लगाउनुपर्छ भन्ने तपाईंले लगाएको बर्दीले आफैँ बोल्ने…

थप

नयाँ दिल्ली । भारतमा शुक्रबारदेखि आमनिर्वाचन सुरु भएको छ, जसले भाजपाका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको मुख्य फैसला मतदाताले गर्नेछन्। निर्वाचनमा झन्डै एक अर्ब मतदाता सामेल हुँदैछन्। त्यसका लागि मोदीले प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक करिब दुई दर्जन विपक्षीको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ। भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्यसभा वा राज्य परिषद्) छन्। लोकसभाका ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नेछन्। लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले…

थप

काठमाडौं । संखुवासभामा दाइको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्नेष ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौंं । नेपाल प्रहरीको प्राविधिक तर्फको विभिन्न उपसमूहको बरिष्ठ हवल्दार पदको बढुवा सूची प्रकाशित गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिंग उपसमूह र सञ्चारतर्फका प्रहरी हवल्दारबाट ७० जना बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस भएको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफरिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा डीएसपी भट्टराईले आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप थियो । लगत्तै गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह स्रोत बताउँछ । उनको निलम्बन पनि फुकुवा भएको छ ।

थप