काठमाडौं । कैलालीमा एक बालिकाको शव फेला परेको छ । कर्णाली नदीमा बिहीबार एक बालिकाको शव फेला परेको हो ।
लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्याफ्टिङको सहायतामार्फत बालिकाको शव निकालिएको हो ।
शव टिकापुर अस्पताल लगिएको छ । शव पहिचान गर्न सकिने अवस्थामा नरहेको उनले बताए ।
Facebook Comments Box
