Author: Scoop Khabar

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशति गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो । मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा यथाशीघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन भनेको छ । यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्नरगराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक…

थप

काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणका मुख्य आरोपी ‘टाइगर’ भनिने पदमबहादुर रावत भारतबाट पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको उक्त हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको हो । २०६५ फागुन २६ गते बेलुका हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका कालिकोटको महावै पदमबहादुर रावतलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको हो । रावतलाई बुधबार सुर्खेत ल्याइ पुर्‍याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । मल्लको हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने…

थप

कपिलवस्तु । कपिलवस्तुमा अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपिलवस्तु नगरपालिका ४ मलपरवाका ३७ वर्षे विनित मिश्रा बुधबार बिहान ११ बजेतिर तौलिहवास्थित बहादुरगंज चोकबाट अपहरणमा परेका थिए । उनलाई अपहरण गरेको आरोपमा बागलुङ गलकोट नगरपालिका-१ घर भई काठमाडौं बस्ने ३८ वर्षको सागर कुबर, रुपन्देही बुटवल उपमहानगरपालिका-७, शिवनगर बस्ने सागर गुरुङ र बुटवल उपमहानगरपालिका-१३, बेलवास बस्ने ३३ वर्षका ओम बराललाई सार्वजनिक गरेको छ । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-३, कर्माना बस्ने ४३ वर्षकी शान्ति लम्साल, अर्घाखाँची सन्धिखर्क नगरपालिका-२, बस्ने ३२ वर्षे प्रकाश नेपाली र रुपन्देही तिलोत्तमा नगरपालिका-९, बस्ने ३४ वर्षका तुल्सी बनलाई पनि सार्वजनिक गरेको छ…

थप

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताएका छन् । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताएका हुन् । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन…

थप

काठमाडौं । १५ वैशाखमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ । त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता एवम् डीआईजी भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए । निर्वाचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता ढकालले बताए । उपनिर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ हजार ३६३ जना…

थप

पोखरा । एक हप्ताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापालाई एउटा सूचना आउँछ- पोखरा महानगरपालिका आसपासमा अटोमेटिक पेस्तोलसहित एक व्यक्ति हिँड्डुल गरिरहन्छन् । त्यसपछि एसपी थापाले आफू मातहतका सबै युनिटलाई उक्त सूचना रिले गर्छन् । सबै युनिट विशेषतः वडा प्रहरी कार्यालय, बैदामलाई हाइ हलर्टमा रहन निर्देशन दिन्छन् । त्यसपछि ती व्यक्तिको खोजीमा कास्की प्रहरी लागिपर्छ । एउटा टोलीले ती व्यक्तिको विगत कोट्याउँछ । अनुसन्धानको क्रममा विगत हेर्दै जाँदा ती व्यक्तिविरुद्ध २०८० कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी तथा डाँका मुद्दा दर्ता भएको खुल्छ । ती व्यक्ति हुन्, पोखरा सराङकोटका नरबहादुर विक । तर, यो…

थप

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । साइबर ब्यूरोले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’ गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीलाई लिएर ब्युरोले यातना दिएको दाबी गरेका थिए । इलामको होटलबारे सिंहले…

थप

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । एनसीबी आबुधावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । जाजरकोटका एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै गेटमा ‘विष सेवन’ गरेका छन् । गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा आफूले विष सेवन गरेको ती युवकको दाबी छ । जाजरकोटका गणेशमान सिंह नामका युवकले साइबर ब्यूरोको गेटमै विष सेवन गरेका हुन् । जुनकुरा सिंहले सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गरेका छन् । आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भिडिओमा सुन्न सकिन्छ । उक्त भिडिओमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई…

थप

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा बोल्दै मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिएका हुन् । गृहमन्त्री लामिछानेले भने,‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला । खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् । अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद ।’ निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । १५…

थप