काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली प्रहरी सेवाबाट अनिवार्य अवकाशमा गएका छन् । साथै उनको आज एक कार्यक्रममा बिच बिदाइ समेत भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाटअनिवार्य अवकाशमा जान लागेका एआईजी ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच बिदाइ गरेका हुन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले सेवा निवृत्त हुन लागेका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्चव्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गरेको अतुलनीय योगदान दिएको भन्दै आईजीपी कुँवरले एआईजी ज्ञवालीको प्रसंशा गरेका थिए ।
एआईजी ज्ञवाली२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ज्ञवाली भदौ २६ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
