विपिन यादव
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषाले जटहीमा लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार सशस्त्र प्रहरी बल नं ८ गण धनुषाको आयोजनामा स्थानिय, युवायुवतीलाईलाई सहभागी गराएर लागुऔषध दुर्व्यसन भनेको के हो, यसका कारण, यसले गर्ने हानी नोक्सानी तथा कानुनी सजायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा लागुऔषध दुर्व्यसनमा किशोरावस्थाका युवायुवतीले नै बढि संलग्न हुने गरेको देखिएकाले उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
युवायुवतीलाई लागु औषध बारे जानकारी गराउँदै सचेत गराई सभ्य समाज निर्माणमा मद्दत पुगोस् भन्ने उदेश्यका साथ सिमा-नाकामा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी एसपी दर्शन गिरिले बताए ।
कार्यक्रममा प्रशिक्षण दिदैं सशस्त्र प्रहरी एसपी गणपति गिरिले लागुऔषध दुर्व्यसनमा संलग्न हुनुको प्रमुख कारण भनेको पारिवारीक वातावरण र साथीसंगको संगतले देखासीकी रहेको बताए ।
त्यस्तै आमाबुवा र शिक्षकको नियमित सुपरिवेक्षणमा कमि, पारिवारीक तनाव, अज्ञानता र नागरिक समाजको निुस्कृयता लगायतका कारणले लागुऔषधमा बालबालिका तथा युवायुवती फस्ने गरेको देखिएको एसपी गिरिले बताए ।
त्यसै गरि सहभागी युवायुवतीलाई आफूले सिकेको ज्ञान आफैले पनि लागु गर्ने र घर परिवारमा पनि सचेतना फैलाउन सुझाव दिएका छन् ।
