Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राजधानीको मनमैजुमा एक जना ट्राफिक प्रहरी मृत भेटिएका छन् । दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् । ड्युटी सकेपछि निवासमा जाँदै गरेका ट्राफिक जवान घिमिरे केही बेर अघि मृत अवस्थामा भेटिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । अनुहारमा चोट छ । ट्राफिक पोसाकमै उनको शव भेटिएको हो । घतनास्थलमा नजिकैको प्रहरी र दरबारमार्ग ट्राफिक प्रमुख पुगेका छन् । विस्तृत जानकारी आउन बाँकी ।
काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको प्रहरी उपरीक्षक (एसपी) पदमा नायब उपरीक्षक (डीएसपी) दिपेश जोशी बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवाका लागि सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्पुटरतर्फको डीएसपी जोशीलाई सो उपसमूहको एसपी पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी साइबर ब्यूरो भोटाहिटीमा कार्यरत छन् ।
काठमाडौं । प्रहरीले कीर्तिपुर नगरपालिका-१० नयाँबजारमा ग्याङ फाइट गर्ने ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका सुदिप गिरी छन् । त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पदबहाली गरेको दोस्रो दिनमा नै वरिष्ठताको आधारमा एआईजी बढुवा निकाले । २०७९ चैत १३ गते तत्कालिन डिआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा सिफारिस गरिएको थियो । डिआईजीको वरीयताअनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आईजीपी कुँवर सफल भएको धेरैले चर्चा गरे । सोहीअनुरुप आईजीपी कुँवरले केही दिनअघि रिक्त २ एआईजी पदमा पनि बरिष्ठताको आधारमा उमेशराज जोशी र भीम ढकालको बढुवा निकाले । यसरी बरिष्ठताका आधारमा बढुवा सिफारिस गरेका आईजीपी कुँवरले रिक्त डिआईजी पदमा चाहिँ के गर्लान् चासोको विषय बनेको छ । नेपाल प्रहरीमा हाल ३ वटा डिआईजी…
काठमाडौं । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ । ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् । शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय समिति गठनका विषयमा छलफल गर्न प्रधानमन्त्रीजीले आज साँझ ६ बजे छलफलका लागि बोलाउनु भएको छ, हामी छलफलमा जान्छौं,’ उनले भने । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान लिंदै आएको छ । कांग्रेसको उक्त मागमा राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । तर…
काठमाडौं । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसीबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बलबहादुरमाथि जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फ्रेबुअरी ७ मा रेड नोटिस जारी भएको थियो…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे । “न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।” लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्छ भने । नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको…
काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए । प्रतिकुल मौसमले पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।
इन्काउन्टर स्पेसलिष्ट सई बालकृष्ण : लागूऔषध कारोबारका नाइकेमाथि आक्रामक, ४ कारोबारीमाथि गोली प्रहार
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् । ब्यूरोले दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दारितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सई सञ्जेललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । वैशाख महिनामा सई सञ्जेलले खुंखार लागूऔषध कारोबारीहरुलाई गोली हानी समातेर कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो । जबकी आफू मातहतको कार्यालय प्रमुखले एक कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट प्रहरी अधिकृतलाई उक्त कदरपत्र वितरण गर्ने गरिन्छ । तर, सई सञ्जेलले…