रौतहट । पुरूष प्रहरी अधिकृतको तुलनामा कम हुँदैनन भने कुरा सानो समयमै डिएसपी एलिजा गिरीले प्रमाणीत गरेकी छिन् । १० महिना रौतहट बसाईको क्रममा डिएसपी गिरीले आफ्नो सक्रियता र कार्यकुशलता महिला अफिसरको कार्य क्षमता बारे प्रमाणीत गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता रहेर काम गरेकी डिएसपी गिरीको कार्यकालमा रहेका दुईजना एसपीले उनको खुलेरै प्रशंसा गरे ।
हालका जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले डिएसपी गिरी हुँदा अधिकांश कामहरू उनकै जिम्मामा हुने तथा सहजरुपमा पूरा गर्ने गरेको बताए । एसपी घिमिरेअघि उनी महेन्द्र श्रेष्ठसँग पनि केही महिना काम गरेकी थिइन् ।
डिएसपी गिरीको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय युएन शाखामा सरुवा भएको तथा उनी बिहीवार रौतहटबाट बिदाई भएकी छिन् । एसपीको टवाईसी भएर पनि उनले कयौं घटनामा आफ्नो सुझबुझ र साहसको प्रदर्शन गरेकी थिइन् ।
हतियारसहित आएका ३ जना भारतीय लुटेराले ईशनाथ नगरपालिका घिउरा बजारस्थित एकजना आईएमई सञ्चालकलाई गोली हानेर लाखौँ रुपैयाँ लुटेको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट उनकै नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरीसँग खटेको टोलीले तीनैजना भारतीय लुटेरालाई दुईथान हतियार र लुटिएको रुपैयाँ सहित पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै डिएसपी एलिजा गिरीकै कमाण्डको टोलीले १८ लाख नक्कली नेपाली नोट बरामद, ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति बिसर्जन, झण्डी मेलाको बिषयमा हिन्दू मुस्लिम समुदाय बिच उत्पन्न बिवाद समाधान, आँप टिपेको निहुँमा भएको युवकको हत्यामा संलग्नलाई पक्राउ, मानिस अपहरण गरी फिरौती माग्ने आरोपी पक्राउ गर्न सफल भएको थियो ।
डिएसपी गिरीको कुशल नेतृत्व र सुमधुर सम्बन्ध तथा ब्यवहार प्रहरी बिच मात्र नभई रौतहटको सर्वसाधारण माथि एउटा छाप परेको छ । डिएसपी गिरीको पहल तथा अगुवाईमा महिला हिँसा न्यूनीकरण गर्न कटहरिया र औरैयामा हजारौँ महिला पुरुषको सहभागितामा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका पूर्व सांसद कुन्दन कुशवाहाले डिएसपी गिरीको कार्यकुशलताका सराहना गर्दै प्रहरीमा कुशल महिला अधिकृतले चाहे गरेमा समाजको धेरै बिकृति निर्मूल हुनसक्ने बताए ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले समेत डिएसपी गिरीको कार्यसम्पादनको मूल्याङकन गर्दै सराहना गरेका छन् ।
डिएसपी एलिजा गिरी २०८० पुस ८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएर काम गरेकी थिइन् । उनको गत ८ गते प्रहरी प्रधान कार्यालय युएन शाखामा सरुवा भएको हो ।
