रौतहट । प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे नगद पुरस्कारसहित सम्मानित भएका छन् भने जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट घोषणा गरिएको छ ।
कार्य सम्पादन मूल्यांकनको आधारमा एसपी घिमिरे नगदसहित पुरस्कृत भएका छन् भने भौतिक पूर्वाधार लगायत विभिन्न पक्षको बिश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरिएको हो ।
रौतहट प्रहरी प्रमुख एसपी घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरि फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दंगालाई रोक्ने काममा खेलेको भुमिका, महाबिर झण्डा मेलामा विवादरहित हिसाबले सम्पन्न गर्न उल्लेखनिय भुमिका खेलेको र तस्करी नियनत्रण गरि जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेकोले
उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्धारा उनलाई अभिलेखमा जनिने गरि १५ सय रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेदेखि तुलनात्मक रूपमा चोरी तस्करीका साथै आपराधिक क्रियाकलापमा कमी आएको जिल्लाबासीले अनुभूति गरेका छन् ।
त्यस्तै गत बुधवार मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहट तथा जिल्लाका सम्पूर्ण युनिट प्रमुखलाई निर्देशन दिएका थिए । शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन, सिमा अपराध, अपराधिक गतिबिधि नियन्त्रण गर्ने, सिमा नाकाहरुबाट हुने अवैध भन्सार छलि चोरी निकासी पैठारी नियन्त्रणबारे निर्देशन दिएका थिए ।
त्यस्तै फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा डीआईजी आचार्यले जोड दिँदै सुबिधा सम्पन्न भौतिक पूर्वाधार संगै बिबिध पक्षलाई मल्याङक गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरेका थिए ।
