Author: Scoop Khabar

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक (डिएसपी) सुधिर राईसहित १० जना प्रहरी कर्मचारीलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पुरस्कार तथा प्रशंशा पत्र प्रदान गरेका छन् । प्रहरी सङ्गठनले दिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील,वफादार र कर्तव्यनिष्ठ भई अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूत गराई आम नागरिक माझ प्रहरी सङ्गठनको गरिमालाई उच्च पार्नुभएकोमा उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंशा-पत्र सहित डिएसपी सुधिर राईलाई २०८१ साल साउन महिनाको “Police of The Month” घोषित गरि एसएसपी खनालले पुरस्कार तथा प्रशंशा पत्र प्रदान गरेका हुन्…

थप

काठमाडौं । नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी नायव निरीक्षकदेखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन् । लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो । उनीहरु झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्‍घाटन समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै आईजीपी कुँवरले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताए…

थप

हेटौंडा । मकवानपुरको हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ । एलिसासँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए । युवकले युवतीलाई दुई वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । युवकको पहिचान खुलेको…

थप

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको छ । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको हो । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत उपस्थित थिए । मुर्दावादको नारा लागेपछि कार्यक्रममा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा जङ्गिएका छन् । उनले युवाहरूलाई बदमासहरू भन्दै गाली गरेका हुन् । देउवाले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि झनै नारावाजी भएको थियो । नारावाजीपछि देउवाले भने, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म । जति गरे पनि गर्नुस् । जति कराए पनि कराउनुस् । जति कराउनु पर्ने छ कराउनुस् । ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ?…

थप

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो । विभागका प्रमुख भीम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट ६ भदौमा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानून शाखाको पत्र यस विभागमा प्राप्त भएको छ ।’ प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकशका प्रावधानहरु मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धीत विषयमा…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृहमन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुप¥यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन् ।’ उनले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जनताले उचित सेवा पाउनुपर्ने बताए । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

थप

काठमाडौं । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको पाइएको छ । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुईजनै घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । राती साढे १० बजे रक्सी खाएकै ठाउँमा कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुर्याएको थियो । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित प्रहरी कार्यालयको भवन उद्‍घाटन गरेका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्‍घाटन गर्दै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे । प्रधानमन्त्री ओलीले सो अवसरमा नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए । नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उनले निर्देशन दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर…

थप

महोत्तरी । सशस्त्र प्रहरीले श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु वैशालीको हाजिपुर नगर ठेगाना भएका ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार रहेका छन् । उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको शसस्त्रको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद गरेको…

थप