Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंबाट खटिएको प्रहरीले शनिबार सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फ्रेबुअरी १४ मा विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको छ ।
काठमाडौं । भारतको पुणेमा पुर्याएर नेपाली महिलालाई बेचबिखन गरेको खुलेको छ । मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन भएको खुलेको हो । पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएर अहिले दुई जना पक्राउ समेत परेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङरहेका छन् । उनीहरूलाई आइतबार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले भारतस्थित पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए । विभिन्न प्रलोभन पारेर चार जानको समूले दुई महिलालाई पुणेमा पुर्याएर बेचेको ब्यूरोको भनाइ…
काठमाडौं । हिन्दुहरुको चाड होलीको मुखमा वीरगन्ज पर्साको आईसीपी भन्सारको मुल गेटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा जुवातास खेलाउने गरेको खुलासा भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीलेले जुवा खालबाट लाखौ रकम लिएर खेल्न छुट दिएको खुलासा भएको हो। होलीको चहलपहलसँगै लाखौंका जुवा खेल्न चल्न थालेका छन्। जुवातास खेलाइने ठाँउ आईसिपी भन्सारको मुल गेट हो । जहाँ लाखौंका जुवा हुँदै आएको छ। आईसिपी भन्सारको मूल गेटमा सशस्त्र प्रहरी आईसीपीभित्र रहेको बेस क्यामपको ड्युटी २४ घण्टा हुन्छ भन्ने ३०० मिटर देखि ४०० मिटरको दुरीमा प्रहरी टोली सिर्सिया चौकीबाट दुई ठाउँमा प्रहरी ड्युटी हुन्छ । ड्युटी अगाडी नै जुवा संचालन हुँदै…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् । उनले बगेको खोला फर्कनु र मरेको मान्छे जिउँदो हुनु दुवै असम्भव भएको भन्दै नेपालमा अब राजतन्त्रपनि फर्किने सम्भावना नरहेको दाबी पेश गरेका हुन् । सुनसरीको इटहरीमा आइतबार युवाहरुसंगको एक अन्तरक्रियालाई सम्बोधन गर्दै किरातीले दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएपछि नै नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको स्मरणगराएका छन् । उनले आफूले ज्ञानेन्द्र शाहलाई राजा वा पूर्वराजा नभनी सिधै ज्ञानेन्द्र शाहमात्रै भन्ने टिप्पणी पनि गरे । किरातीले भने-“कोही राजा भन्छन् । कोही पूर्व राजा भन्छन्। तर म चाहीँ उनी ज्ञानेन्द्र…
काठमाडौं । सरकारले ३१ औं प्रहरी नेतृत्वको फाइनल खेल तालिका चैत ५ गतेका लागि तोकेको छ । विजेता को हो ? भनेर निर्णय दिने अधिकार, मन्त्रीपरिषद्लाई छ । अबको मन्त्रीपरिषद् बैठकले सायद निर्णय सार्वजनिक गर्नेछ । आईजीपी नियुक्तिको फाइनल खेल अघिल्लो पटक जस्तै प्रोटेष्ट होला-नहोला त्यो अर्को विषय हो । अपेक्षा गरौं यसपाली फेयर प्ले हुनेछ । तर समयको अन्तिम राउण्डमा कसले बाजी मार्छ, यसै भन्न सकिने अवस्था छैन । खेल खेल्ने खेलाडीलाई भन्दा दर्शकलाई बढी उकुसमुकुस हुने गर्छ । तर के खेलाडी त्यति ढुक्क हुन्छन् ? हुँदैनन् भन्ने कुरा विश्व फुटबलका फ्रिकिक स्टार डेभिड बेकह्यामको पेनाल्टी हेरे पुग्छ, कति…
काठमाडौं । ट्राफिक प्रहरीले स्कुटर चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भइ हाल मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन् । वास्तविक नम्बर बा८७प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनी निवेदन दिएका…
काठमाडौं । १४ दिनअघि पोखरास्थित सशस्त्र प्रहरीको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको शौचालयमा मृत अवस्थामा फेला परेकी सशस्त्र प्रहरी इन्स्पेक्टर २८ वर्षीया सन्तोषी महतको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ। हालसम्मको अनुसन्धानमा त्रिपक्षिय सम्वन्ध उनको मृत्युको कारण देखिएको छ। प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे घर भएकी महत सशस्त्र प्रहरी संगठनभित्रकै दुई जना पुरुषसँगको सम्वन्धमा थिइन्। परिवारको जाहेरीका आधारमा सुदूरपश्चिम घर भर्ई तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी समातिएका छन्। उनी महतको प्रेमी भएको खुलेको थियो। तर, अनुसन्धानका क्रममा भने इन्स्पेक्टर महतको संगठनभित्रकै अर्को पुरुषसँग अन्तरंग सम्बन्ध रहेको देखिएको छ। महतले प्रयोग…
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिई कर्जा प्रदान गर्नेछ । यस योजनाअन्तर्गत आकर्षक सुविधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उहाँहरुकै नेतृत्वमा…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटको ‘घुमुवा हुँ’ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए। शुक्रबार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चोकमा आलमले आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेका थिए। उक्त सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो। आरोपी आलम हाल एलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय एनआरएनएको दुइ पक्षबीचको झगडाको मिलापत परै जाओस्, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश विदेशका गल्ली–गल्लीमा बरालिँदै छरपष्ट भेला हुने धन्दामै रमाइरहेका छन् । विदेशमा रातदिन पसिना बगाएर, बिहान–बेलुका मुख जोर्ने संघर्ष गर्दै प्रवासी नेपालीहरूले एनआरएनएको नाममा पठाएको करोडौं रुपैयाँको कुनै ठोस हिसाब छैन । एनआरएनएको BLD को अवस्था अन्योलमै छ । लाप्राकमा बनेका घरहरू प्रयोगविहीन हुँदै जिर्ण बन्दैछन् । ती संरचनालाई पुनः उपयोगमा ल्याउने कुनै स्पष्ट योजना देखिँदैन । यतिका वर्षसम्म बनेका सबै नेतृत्वहरूले पद र शक्तिको दुरुपयोग समेत गरे । कसैले पाँचतारे होटल बनाएको, कसैले निजी…