काठमाडौं । भारतको पुणेमा पुर्याएर नेपाली महिलालाई बेचबिखन गरेको खुलेको छ । मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन भएको खुलेको हो ।
पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएर अहिले दुई जना पक्राउ समेत परेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङरहेका छन् ।
उनीहरूलाई आइतबार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले भारतस्थित पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए ।
विभिन्न प्रलोभन पारेर चार जानको समूले दुई महिलालाई पुणेमा पुर्याएर बेचेको ब्यूरोको भनाइ छ । यो समूहका दुई जना अझै फरार छन् ।
फरार हुनेमा एक पुरुष र एक महिला रहेको ब्यूरोले जनाएको छ ।
