Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्ष पनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी…
सशस्त्रका सई : सादा पोसाकमा घुमेर व्यापारी भेट्दै, डिएसपीदेखि डिआईजीसम्मको नाममा रकम असुल्दै
वीरगञ्ज । गृहमन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सादा पोसाकमा नखटाउन आदेश दिएपनि गृहमन्त्रालयको निर्देशन विपरित पर्सामा भने सशस्त्र प्रहरीले एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटाएको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म अलौबाट एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटि सिमानाकामा व्यापारीलाई भेट्दै रकम असुली गरिरहेको पाइएको हो । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत पर्ने नाका अलौ, कोन्हिया, बार्वा, अमरपर्टी, झौवा र प्रसौनी नाकाबाट व्यापरुपमा तस्करी बढेको छ । सशस्त्र प्रहरी बल गुल्म अलौबाट सशस्त्र प्रहरी नायब निरीक्षक…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् । राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ । सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए । ‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत…
वीरगन्ज । पर्सामा डिभिजन वन कार्यालय पर्सा र सुरक्षा निकायको मिलोमतोमा व्यापकरुपमा काठ दाउराको तस्करी फस्टाउदै गरेको छ । वन कर्मचारीकै मिलेमतोमा जंगल क्षेत्रबाट पर्सामा काठ तस्करी भइरहेको खुलेको हो । काठ मिल सञ्चालकसँग वन कर्मचारीको मिलेमतोमा रातारात बहुमूल्य खयर, सखुवा, सिसौलगायतका काठ तस्करी भइरहेको पाइएको हो । डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहम्द आएको दिनदेखि जिल्ला अन्तर्गत रहेका सब डिभाइजन वन कार्यालयहरुले प्रत्येक दिन तस्करी कार्य बढ्दै गएको स्थानियहरु बताउँछन् । हुनत प्रमुख अहम्द पर्सामा आएको करिब एक महिना भन्दा बढी भएको छ । उनी आएदेखि केही मात्रामा पक्राउ परिरहेको सुनिए पनि सेटिङमा काठ तस्करहरुलाई उनमुक्ति…
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको…
सिरहा । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा सिरहा प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलेसियन नागरिक वर्ष ५१ का मोहम्मद रिजुआन बिन अब्दुल्लाह छन् । यस्तै सिरहाको लहान नगरपालिका- २३ बस्ने वर्ष ४२ का रामाशंकर यादव र वर्ष २५ का रामभरत यादव, वर्ष ३९ का सूर्यनारायण यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । डीएसपी पासवानका अनुसार उनीहरूले सरकारबाट अनुमति नलिई कात्तिक १० गते साँझ साढे ७ बजे लहान नगरपालिका- ४ मा रहेको गोधुली होटलमा नेपाली नागरिकलाई कतार पठाइदिन्छु भनी अन्तर्वाता लिई रकम उठाएका थिए । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट…
जग्गा विवादमा मारिएका युवकका हत्यारालाई प्रहरीले पक्राउ नगरेको विरोधमा आफन्तको प्रदर्शन
काठमाडौं । झापाको दमक नगरपालिका–९ का देशु भनिने यमु निरौला (३७) को हत्या प्रकरणका आरोपीलाई राजनीतिकका कारण प्रहरी पक्राउ नगरेको भन्दै शनिवार आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीय र आफन्तले इलाका प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रर्दशन गरेका हुन् । प्रहरी कार्यालय अगाडि नै टायर बालेर प्रदर्शन गरेपछि दमकको अवस्था तनावपूर्ण बनेको थियो । हत्या भएको ५ दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तले शव पनि बुझ्न मानेका छैनन् । शव दमक अस्पतालमा राखिएको छ । मृतकका परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी…
२० लाख रुपैयाँ घुस लिएको आरोप, वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत मन्त्रालय तानिए
काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन थालेको छ । उनलाई मन्त्रालय तानेर छानबिन थालिएको मन्त्रालय स्रोतले बताएको छ । डेर्नमाकको अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी परेपछि मन्त्रालयले छानबिन थालेको हो । मन्त्रालयमा रकम लिएको रसिदसहित उजुरी परेको थियो । उनीमाथि छानबिनका लागि मन्त्रालयले कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । एकजना व्यक्तिले आफूसँग २० लाख रुपैयाँ लिएर डेनमार्कको लागि अवैतनिक श्रम दूत नबनाइदिएको भन्दै रसिदसहित प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको मन्त्रालय स्रोतको दाबी छ । उक्त उजुरीमाथि छानबिन गर्न…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक हप्तादेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि कास्की प्रहरीले बयान लिइरहँदा गोरखा मिडियाका गितेन्द्रबाबु राई (जीबी) बीच भएका फोनवार्ता समेत प्रहरीले केलाउन थालेको छ । रवि र जीबीबीच भएका संवाद, एसएमएस आदानप्रदान, गोरखा मिडियालगायतका विषयमा भएका कुराकानीलगायत सबै केलाउने काम भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । लामिछानेको बयान लिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)देखि प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वको चार जनाको टोलीले पनि सहयोग गरिरहेको छ । यसैबीच रविमाथि सम्पत्ति शुद्धिकरणका विषयमा पनि अनुसन्धान गरिने अधिकारीहरूले…
कास्की । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । यसअघि अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँनेछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ । गत…