काठमाडौं । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नं.२ बस्ने बर्ष ७२ को दिल बहादुर वि.क. आत्महत्या गर्छु भनि जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं.१ मन्थलीघाट तामाकोशी नदीको किनारामा गई आफ्नो साईलो छोरा दिनेश वि.क.लाई फोन सम्पर्क गरी अन्तिम इच्छा व्यक्त गर्दै गरेको सूचना पाए लगत्तै रामेछापका डिएसपी प्रदिप सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले दिलबहादुर विकलाई सकुश उद्धार गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहको कमाण्डमा ७ जनाको प्रहरी टोली तत्काल घटना स्थलमा (१२:१४ बजे) पुगी सकुशल उद्धार पश्चात प्रहरी कार्यालयमा ल्याई आवश्यक मनोपरामर्श गरेर निजको माईलो छोरा हर्क बहादुर विकको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
