काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।
रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए ।
उनले शिक्षकहरु सडकमा नआउन सरकारले समयमै काम गरेको भए हुन्थ्यो भन्दै, ओलीलाई काममा ध्यान दिन सुझाव दिए ।
उनले सहकारी ठगहरुबाट पीडितलाई न्याय दिलाउन सरकारको गति पर्याप्त नभएको पनि व्यक्त गरे।
Facebook Comments Box
