Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । दरबारमार्गमा ‘मेरो सारङ्गी रोधी क्लब’ सञ्चालनमा आएको छ । चर्चित लोक तथा दोहोरी गायक तथा गायिकाहरुले सो रोधी क्लब गत शुक्रबारदेखि सञ्चालनमा ल्याएका हुन् । करिब दुई करोडको लगानी ररहेको सो दोहोरी चर्चित गायक प्रदिप रोक्का, गायिकाद्वय संगम लामिछाने र जालुमाया गुरुङले सञ्चालनमा ल्याएका हुन् । उक्त क्लबको एक कार्यक्रमबीच राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरे । उक्त उद्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो । सञ्चालाक प्रदिप रोकाका अनुसार यो क्लबले…
काठमाडौं । उदयपुरमा शनिवार बिहानै हायसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १०, बोक्सेमा बा. प्र. ०–१००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट त्रियुगा नगरपालिका–११, चप्पनका ५५ वर्षीय परणशेरको मृत्यु भएको प्रहरीले जनाएको छ । करमगाछीबाट गाईघाट हुँदै काठमाडौँ जाँदै गरेको हायसले गाईघाट दिक्तेल सडक खण्डमा मर्निङ वाकका लागि निस्किएका परणशेरलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भिर घाइते भएका थिए । उपचारका लागि उनलाई तत्कालै जिल्ला अस्पताल गाईघाट लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ठक्कर दिने हायसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ । जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो । नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवानमा १ हजार १६५ पदमा भर्ना खुलाएको छ भने ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ । नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ। त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न…
काठमाडौं । श्रीमान गणेश चन्द प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएपछि गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी डिआईजी दुर्गा सिंह चन्दले बधाई तथा शुभकामना दिएकी छन् । फेसबुकमार्फत बधाई दिँदै सिंहले भनेकी छन्, ‘बधाई छ, राजा तपाईंले डिआईजी पदोन्नतिको योग्यता पाएकोमा । २९ वर्षको लगनशील, कडा परिश्रम अन्ततः सार्थक भएको छ । तपाईंको निडर आत्मा, आशावादी र दृढ संकल्प हामी सबैका लागि प्रेरणा हो ।’ उनले थपेकी छन्, ‘म तपाईंलाई हरेक दिन विश्मय र पूर्णगर्वका साथ हेर्छु तपाईं हाम्रो घर र जीवनको तारा हुनुहुन्छ ।’ उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो । गणेश चन्द १७ मंसिरको गृहमन्त्रीस्तरीय…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीलाई घुस रकमसहित पक्राउ गरेको छ । सई बुढाथोकीले सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको थियो । उनले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका-४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।
काठमाडौं । प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत रहेको सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) का निमित्त इन्चार्ज लक्ष्मणप्रसाद यादवलाई आइतबार विहान मदिरा तस्करीमा संलग्न गाडीले ठक्कर दिएर ज्यान लियो । स्कार्पियो गाडीमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा ४८ वर्षीय यादवको कमाण्डमा ५ जनाको मोटरसाइकल गस्ती टोलीले आइतबार बिहान ३ बजेदेखि गाडीको पिच्छा गरेको थियो । सो क्रममा मदिरा तस्कर समूहको स्कार्पियोले सई यादवलाई ठक्कर दिएर ज्यान लियो । तर, सई यादवलाई ठक्कर दिने गाडी भारततर्फ फरार भएको छ । सिरहाकै नरहा गाउँपालिका–४ ललभितिया निवासी सई यादवको मृत्यु भएपछि आइतबार बिहान ९ बजेदेखि नै…
एजेन्सी । लुगा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नुभएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद । तपाईंले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ । यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ । यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको…
काठमाडौं । नेपाल प्रहरीका आठजना प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट बढुवा भएका ८ डिआजीहरुलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।…
काठमाडौं । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष छ । तर, सेवाअवधी बाँकी छँदै त्यसअगावै उमेरहदका कारण उच्च प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल आगामी मंसिर २२ मा अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नायब महानिरीक्षक (डिआईजी) र एआईजीको उमेरहद ५६ वर्ष रहेका कारण उनी उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । त्यसैगरी अर्का एआईजी भिम प्रसाद ढकाल पनि २८ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । यसअघि १६ कात्तिकमा एआईजी किरण राना र १७ कात्तिकमा अर्का एआईजी रामदत्त…
काठमाडौं । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआईजी) पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । ती व्यक्ति हुन् डिआईजी बढुवा सिफारिसमा परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डम्बर बहादुर बिक । गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले ९ मंसिरमा डिआईजी बढुवाका लागि बिकसँगै ८ जनाको नाम सिफारिस गरेको छ । हाल बिक त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए । प्रहरी संगठनमा इमान्दार तथा व्यवसायीक अधिकृतको छवि बनाएका बिकलाई डिआईजी बनाउनुमा प्रहरी नेतृत्वको समेत साथ सहयोग छ । सिनियारिटीमा ८ नम्बरमा रहेका उनलाई जसरी पनि डिआइजी बनाउनुपर्ने अडान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको थियो । पछाडि परेको उत्पीडित…