काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए । उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो ।
प्रहरी महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
Facebook Comments Box
