Author: Scoop Khabar

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा प्रहरी नायब निरीक्षक (सई) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान भद्रपुर नगरपालिका–८ स्थितमा जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानी ट्यान्कीमा जाने फलामको भर्‍याङमा सई धनराज खतिवडा मृत भेटिएका हुन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत करिब ४९ वर्षीय सई खतिवडाले नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा पेला परेका हुन् । उनको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हालसम्म उनको मृत्युको कारण…

थप

काठमाडौं । बाराको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा परामर्शदातासहितको कुटपिटकै कारण एक युवकको मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ। दुई सातादेखि सुधार केन्द्रमा भर्ना भएका कलैया–९ का ३७ वर्षीय धीरेन्द्र (प्रदीपप्रसाद मण्डल) को विहिबार राति मृत्यु भएको थियो। अनुसन्धानका क्रममा परामर्शदातासहितका कर्मचारीले सामुहिक रुपमा कुटपिट गरेको र त्यसैका कारण उनको मृत्यु भएको खुलेको हो। अनुशासन भंग गरेको भन्दै मण्डललाई शारीरिक सजाय दिन (मुर्गा बनाउन) खोजिएको थियो। तर, उनले त्यसलाई अस्वीकार नगर्दा केन्द्रका परामर्शदातासहित टोलीको सामूहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बारा प्रहरीका अनुसार मण्डलमाथि बिहीबार मध्यराति कुटपिट गरिएको थियो। मध्यरातमा कोठाभित्र मुक्का र लात्तीले कुटपिट…

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई महिला, दलित, आदिवासीलाई अधिकार दिएको मनै नपरेको बताएका छन् । (शनिबार) झापाको दमकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाउने बेलामा नै ओलीले संघीयता, समावेशी समानुपातिक व्यवस्था अस्वीकार गरेको बताएका हुन् । ‘केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन । के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्‍यो भनेका मान्छे हुन्,’– उनले भने । माओवादीले आँधीहुरी ल्याएपछि मन नपरेपनि ओलीले यी व्यवस्था स्वीकार गरेको…

थप

काठमाडौं । होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो । महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुर नियन्त्रण ऐनको कसुरमा पर्सा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

थप

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई काज सरुवा गर्दै विभिन्न कार्यालयमा पठाएको हो । काज सरुवा हुनेमा डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् । त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काज सरुवा भएका छन् । त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्कालाई पठाइएको…

थप

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले कास्कीका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को नेतृत्वमा चयन गरेको छ। मंगलबार युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।  परिषदमा एक प्रमुख, एक उपप्रमुख र एक सचिवसहित ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद्लाई सक्रिय र सशक्त बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरिएको युवा संघले जनाएको छ। भण्डारी राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि सक्रिय छन्। उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन्, जसले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा र सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएको छ। उनको नेतृत्वमा साइबर सर्कल संगठनकै प्रभावशाली अभियानहरूमध्ये एक बनेको थियो।…

थप

काठमाडौँ । मध्यराती ड्युटीमा रहेका प्रहरी कुटपिटमाथि गरेको आरोपमा अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई नयाँ  बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । गत माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।  आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए । प्रहरीले जोशीलाई उन्मुक्ति दिन…

थप

काठमाडौं । सुरक्षा चुनौतीको हिसाबले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लालाई निकै महत्वका साथ हेरिन्छ। र, उच्च प्राथमिकतामा पनि राखिन्छ। महत्व बढी हुनुको अर्थ हो, आफूलाई स्थापित गर्न यहीँको पोस्टिङको अपेक्षा हुनु। आफूलाई अम्बल स्थापित गर्न प्रहरी अधिकृतहरु यहीँको दरबन्दीका लागि दौडधुपमा राम्रै भिडिरहेका हुन्छन्। जसमध्ये पनि काठमाडौं र ललितपुरको कमाण्ड संगठनमा अब्बल दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काँधमा छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार गत माघ ११ गतेबाट लागू हुनेगरी १८ जना एसएसपी सरुवा गरिँदा विश्व अधिकारी काठमाडौंको कमाण्ड सम्हाल्ने जिम्मेवारीमा आइपुगे । उनले १६ गतेबाट जिल्ला प्रहरी परिसर काठमाडौंको इन्चार्ज बुझेका हुन् । त्यस्तै ललितपुर परिसरको कमाण्ड समेत अर्का अधिकारी श्यामकृष्णको…

थप

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताएका छन् । कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्दै उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए । कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गरे । यसमा आफूले पनि सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

थप

काठमाडौं । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी पछिल्लो समय आफैं असुरक्षित महसुस गर्न थालेको छ । गत बिहीबार राती ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भयो । दरबारमार्ग वृत्तमा कार्यरत क्वीक रेस्पोन्स टीम (क्यूआरटी)मा खटिएका प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि रक्सी खाएर सडकमा होहल्ला गर्दै हिडेका नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुले कुटपिट गरेका हुन् । त्यस्तै गत मंगलबार राति पनि कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहारको प्रयास भयो । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सडकमा हल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा उल्टै प्रहरीलाई लखेटेर चक्कु हान्ने प्रयास भएको भिडिओमा देख्न…

थप