काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी कार्यालयको लागि जग्गा उपलब्ध गराउने जग्गा दातालाई सम्मान गरेको छ । बिहीबार कोशी प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीले जग्गा दातालाई सम्मान गरेका हुन् ।
मोरङको रंगेली नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाको लागि जग्गा उपलव्ध गराउनुहुने स्थानीय सुरज कुमार यादवको श्रीमती रिंकी कुमारी यादवलाई डिआईजी कार्कीले सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा जग्गा धनी रिंकी कुमारी यादवले इलाका प्रहरी कार्यालय दोहमनाको लागि उपलव्ध गराएको रंगेली-९ स्थितमा रहेको २७९.३८ वर्ग मिटर क्षेत्रफल भएको जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत प्रदेश प्रहरी प्रमुख कार्कीलाई हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटी, रंगेली नगरपालिका-९ का वडा अध्यक्ष चुडामणी रेग्मी, स्थानिय बुद्धिजिबीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
