Author: Scoop Khabar

काठमाडौ । पर्सा प्रहरीले वीरगन्जबाट लाखौं रकम सहित दुईजना हुण्डी कारोबारी नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका वडा २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा…

थप

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रधान प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् । नेपाल प्रहरीमा महिला प्रहरीको प्रतिस्पर्धा उच्च रहेको थापाले बताए । उनले भने, ‘अहिले १२ प्रतिशत भन्दा बढी महिला सङ्गठनमा छन्, प्रतिस्पर्धा उच्च छ ।’ प्रहरीमा महिला कर्मचारीको सङ्ख्या ९ हजार २७८ भए पनि त्यसमा सन्तोष मानेर बस्ने अवस्था नभएको उनले बताए । उनले भने, ‘परिणाममा २० प्रतिशत पुर्‍याउने गरी योजना बनाउने छौँ ।’ सम्मेलन महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित रहेको थापाले बताए । उनले भने,…

थप

काठमाडौं । रञ्जिता श्रेष्ठले प्रतिनिधिसभामा नाउपा संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेको र दलको नेतामा आफु नै रहेको कुरा सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएकी छन् । सभामुख देवराज घिमिरेलाई चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् ।उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई बोधार्थ दिएकी छन्। ‘संसदीय दलको नेता हेरफेर सम्बन्धमा’ शीर्षकमा श्रेष्ठले लेखेको पत्रमा भनिएको छ- ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गङ्गाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा.…

थप

छेवाङ लामा ‘नाङ्लेभारेमा युवाहरू सडकमा ! टिप्पर आतंकविरुद्ध स्थानीय उठे — प्रहरी प्रशासन र टिप्पर व्यवसायीलाई तुरुन्त कारबाही गर !’ मंगलबार बेलुकी ७:४२ मा नाङ्लेभारे चौकीतर्फबाट करिब १५–२० वटा टिप्पर एकैपटक आइरहेका थिए । यही क्रममा जगाते देवीथानको मोडमा एउटा टिप्परले ओभरटेक गर्दै रंगसाइटतर्फ आउँदा, पौवाबाट आउँदै गरेको ट्याक्सीले इमर्जेन्सी ब्रेक मार्नुपर्‍यो । त्यसैबेला ट्याक्सीको पछाडि आएको मोटरसाइकल ठोक्किँदा छेवाङ लामा र राजु तामाङ घाइते भए । ट्याक्सी नभएको भए मोटरसाइकल सीधा टिप्परमुनि छिर्ने थियो र ठूलो दुर्घटना हुने थियो । यसरी दिनप्रतिदिन नाङ्लेभारेको स्थानीय समुदायलाई निरन्तर जोखिममा धकेल्ने टिप्परको आतंक अब तुरुन्त अन्त्य हुनुपर्छ । ‘काम गरी खाने’ भन्ने…

थप

कृष्ण बहादुर तामाङ नेपाल प्रहरीको गौरवमय इतिहासमा २०८२ साल श्रावण महिना एउटा अविस्मरणीय पन्ना बनेर जोडिएको छ । प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमाललाई प्राप्त भएको”Best Police of the Month” को सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र होइन, संगठनकै समग्र पहिचान, राष्ट्रकै आत्मविश्वास र नागरिकप्रतिको सुरक्षाबोधलाई नयाँ जीवन दिने क्षण बनेको छ । डिएसपी रिमालले प्रहरी संगठनबाट पाएको जिम्मेवारीलाई व्यवसायिक निष्ठा, सांगठनिक नीति र कार्यप्रणाली अनुसार अत्यन्तै कुशलतापूर्वक पूरा गर्नुभयो । अपराध अनुसन्धान र प्रहरी कामकारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारणलाई सुरक्षाको अनुभूति गराउने खालका कार्य निरन्तर गर्दै आउनुभएको छ । उहाँले प्रहरी संगठनको छविलाई नागरिकका…

थप

काठमाडौं । बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनी । एसएसपी पंगेनी गत २१ जेठदेखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी पंगेनीले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए । जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी पंगेनीको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोली सम्भावित बेचबिखन हुने…

थप

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई सम्बोधन गर्दै आइजी अर्यालले जवाफदेही, जिम्मेवार र चेन अफ कमाण्ड कायम गर्ने कुरामा जोड दिएका हुन् । उनले सीमा सुरक्षामा कुनै कमजोरी देखिएमा वा शंका लागेमा सम्बन्धित कमाण्डर स्वयं छानबिन र कारबाहीको भागीदार बन्ने स्पष्ट पारे । उनले हरेक कमाण्डरलाई मुलुक, जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको भन्दै सकारात्मक कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्न…

थप

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका(४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत रहेका छन् । एनसिबि आबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन…

थप

काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन् । उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ ।

थप

वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टस बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा वीरगन्जको आईसिपी गेटमा खटि गएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टसहरु पक्राउ गरेको हो। सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.४,२९,५००।- रुपैया बराबरको मोवाईल पार्टस पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो ।

थप