Author: Scoop Khabar

वीरगन्ज ।नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीरगन्जको नारायणी अस्पतालमा पुगी हैजा बिरामीहरु संग भेटी अनुगमनको क्रममा बोल्दै यसलाई नियन्त्रण गर्न सबैको आ- आफ्नो ठाऊबाट सहयोग गर्न आवशयक रहेको बताएका छन्। मन्त्री पौडेलले वीरगन्जमा हैजाबाट बचाउन  सामाजिक सङ्घसंस्था, व्यापारी, व्यवसायी र सम्पूर्ण समाजलाई यस विपत्तिको घडीमा एकजुट भई काम गर्न अपिल गरे। उनले सरकार हैजाका बिरामीलाई सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै संक्रमण परीक्षण, उपचार र निःशुल्क औषधि वितरणमा कुनै पनि किसिमको लापरबाही नगर्न निर्देशन दिए।उनले सरकारी अस्पताल तथा निजी हस्पिटहरुले बिरामीहरलाई सहयोग गर्न आग्रह गरेका छन्। मन्त्री पौडेलको अगाडी एक बिरामीका आफन्तले औषधिको पैसा तिर्नुपरेको गुनासो गर्दा…

थप

प्रदेश टाइम्स राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक राम पुकार यादवलाई ज्यान मार्ने धम्की र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको बिष्णुपुर गाउँपालिका स्थित कार्यालयमार्फत दशकौँदेखि संचालनमा रहेको पत्रिकाका सम्पादक यादवलाई धम्की दिएपछि जिल्ला प्रहरी सिरहाले विशेष अनुसन्धानका लागि उनीहरूलाई थुनुवामा राखी अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरुमा सिरहा नगरपालिका–१७ का लाल बिहारी यादव, बिष्णुपुर गाउँपालिका–५ का सन्तोष यादव र सोही ठाउँका पवन यादव रहेका छन्। सञ्चार क्षेत्रको स्वतन्त्रता र पत्रकारको सुरक्षामा प्रश्न उठाउने गरी आएको यो घटनापछि जिल्ला प्रहरीको टोलीले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।…

थप

काठमाडौं । अबको १० दिनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजी)सहित तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवाअवधी पूरा गरी अवकाशमा जाँदैछन् । संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना नहुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू १८ भदौमा घर जाने भएका हुन् । आईजी दिपक थापासहित तीन एआईजीहरु सुदिप गिरी, टेक तामाङ र कृष्णहरि शर्मा पोखरेल गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका नायब महानिरीक्षक (डिआईजी)ले एआईजी र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)ले डिआईजी हुने मौका पाउने भएका छन् । आईजी थापा, एआईजीहरु गिरी र तामाङ भदौ १८ को मध्यरातबाट सेवा…

थप

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगबाट तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालसहितका प्रतिवादीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले तथ्य र प्रमाणलाई अनदेखा गरेर त्रुटिपूर्ण फैसला गरेको जिकिरसहित अख्तियारले मागदाबीअनुसार नै प्रतिवादीहरूलाई सजाय हुनुपर्ने भन्दै पुनरावेदन दिएको हो । अख्तियारले ९ असार २०८१ मा बहालावाला मुख्यसचिव अर्याल र अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय हुनेगरी मुद्दा दायर गरेको थियो । त्यस्तै स्टिकर छपाइमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६…

थप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय अवैध ढंगले कब्जा गरेर बसेको बद्री केसी पक्ष समूहले विधान विपरित आउँदो  अक्टोबर महिनामा  अधिवेशन गर्न लागेको भन्ने समाचारहरुप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । एनआरएनएका प्रवक्ता गंगाधर गौतमले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सम्मानित  सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिद्वारा मे ३–४, २०२५ मा काठमाडौँमा सम्पन्न एकता  महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिसकेको अवस्थामा अर्को महाधिवेशनको परिकल्पना पनि नगरिएको बताए । उनले भने, ‘मे महिनामा भएको अधिवेशन परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिहरूको निगरानीमा सम्पन्न भएको थियो, जसको…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को अवकाश तीन कारणले हुने गर्छ – एक ३० वर्षे सेवाअवधि, दोस्रो चारवर्षे पदाअवधि र तेस्रो ५८ वर्षे सेवाअवधि । योमध्ये पहिला जुन आउँछ, त्यही व्यवस्थाअनुसार आईजीपी अनिवार्य अवकाशमा जान्छन् । हालका आईजीपी दिपक थापा माथिको तीन अवस्था कायम रहेमा १० दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । आगामी १८ भदौमा उनी ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जानेछन् । उनी गत ४ चैत २०८१ मा आईजीपी नियुक्त भएका थिए । डेढ महिना अघिसम्म आईजीपी थापा ३० वर्षे सेवाअवधि हट्नेमा ढुक्क थिए । कारण थियो– विगतका आईजीपीको कार्यकालमा भन्दा अहिले आवश्यक प्रक्रिया धेरै अघि बढ्नु ।…

थप

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक बहसलाई व्यक्ति केन्द्रित नभई वैचारिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान समयमा बहस विचारभन्दा बढी व्यक्तिमा केन्द्रित भइरहेको भन्दै त्यसले सही परिणाम नदिने स्पष्ट पारे । उनका अनुसार पुस्तान्तरण अपरिहार्य भए पनि विचारसहितको पुस्तान्तरण आजको आवश्यकता हो । उनले राजावादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सार्दै पुस्तान्तरणको नारा लगाएको उदाहरण दिँदै यस्तो अभ्यासले नयाँ विचार नल्याउने बताए । ‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ,” भट्टराईले भने, ‘पुस्तान्तरण हुनु त…

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकारले अधिनायकवाद र तानाशाहीतर्फ उन्मुख भएको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तारुढ दुई ठुला दलले राज्यका सबै संयन्त्रमा दुई दलीय पकड कायम गर्ने प्रयास गरिरहेको दाबी गरे । उनका अनुसार विशेषतः नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने दिशामा कदम चालिरहेका छन् । उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास त्यसकै उदाहरण भएको टिप्पणी गरे । सापकोटाले उपसभामुखलाई हटाउने खेल प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको दाबी गर्दै भने, ‘यो सरकार अधिनायकवाद र तानाशाहीतर्फ उन्मुख भइरहेको छ । प्रतिनिधि सभाको उपसभामुख…

थप

काठमाडौं । युरोप भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीतिक स्थायित्व र सही नेतृत्व नहुँदासम्म मुलुकले वास्तविक रूपमा अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सक्षम राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताए । उनले नेपाली युवाहरूलाई विदेशमा मात्र सीमित नराखी स्वदेश फर्काउन र आर्थिक परिवर्तन छिटो ल्याउन नीति र नेतृत्वमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन। अहिले देशभरि झन्डै हरेक घरमा बत्ती पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै तीखो प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, ‘राजनीति छोड्दा गर्ल्यामगुर्लम हुने के छ ?’ भन्दै दाहाललाई कटाक्ष गरेका हुन् । नेता रिजालले हालै दाहालले गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै व्यंग्य गरे । केही दिनअघि सार्वजनिक कार्यक्रममा दाहालले आफूले राजनीति छोड्दा सबै ‘गर्ल्यामगुर्लम ढल्ने हो की जस्तो लाग्ने गरेको’ टिप्पणी गरेका थिए । यसलाई लिएर रिजालले भने, ‘नेपालमा कुनै दलका नेताले ‘मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम हुन्छ’ भन्ने धारणा राख्छन् । आखिर पृथ्वी नै बोकेको जस्तो के छ ?’ उनले थपे,…

थप