वीरगन्ज ।नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीरगन्जको नारायणी अस्पतालमा पुगी हैजा बिरामीहरु संग भेटी अनुगमनको क्रममा बोल्दै यसलाई नियन्त्रण गर्न सबैको आ- आफ्नो ठाऊबाट सहयोग गर्न आवशयक रहेको बताएका छन्।
मन्त्री पौडेलले वीरगन्जमा हैजाबाट बचाउन सामाजिक सङ्घसंस्था, व्यापारी, व्यवसायी र सम्पूर्ण समाजलाई यस विपत्तिको घडीमा एकजुट भई काम गर्न अपिल गरे।
उनले सरकार हैजाका बिरामीलाई सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै संक्रमण परीक्षण, उपचार र निःशुल्क औषधि वितरणमा कुनै पनि किसिमको लापरबाही नगर्न निर्देशन दिए।उनले सरकारी अस्पताल तथा निजी हस्पिटहरुले बिरामीहरलाई सहयोग गर्न आग्रह गरेका छन्।
मन्त्री पौडेलको अगाडी एक बिरामीका आफन्तले औषधिको पैसा तिर्नुपरेको गुनासो गर्दा उनले तत्काल छानबिन गरी समस्या समाधान गर्न निर्देशन दिएका थिए। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सलाइन र इन्जेक्सन निःशुल्क भए पनि अन्य औषधिको शुल्क लाग्ने गरेको जानकारी दिएका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगन्जमा हालसम्म १५१ जना हैजाका बिरामीहरू डिस्चार्ज भइसकेका छन् भने हाल १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। ७९ जनामा आरडिटी किटमार्फत हैजा संक्रमण पुष्टि भएको छ।
यसअघि, मन्त्रीले नारायणी अस्पतालको अनुगमन गर्दै बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
