Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
पूर्वाधार कार्यालयमा सिपमूलक तालिमको नाममा भ्रष्टाचार, कमिसनको भागबन्डामा गैरसरकारी संस्थालाई १ करोड १० लाख
वीरगंज । पूर्वाधार विकास कार्यालय, वीरगंज पर्सामा आर्थिक वर्ष २०७९/८० मा सिपमूलक तालिम तथा वितरणमुखी कार्यक्रमको नाममा झण्डै १ करोड १० लाख रुपैयाँ बराबरको अनियमितता भएको पाइएको छ । पुर्वाधार विकास कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा प्रमुख शिवशंकर चौधरीको मिलेमतोमा वितरणमुखी कार्यक्रम, तालिम र सामग्री खरिद वितरणका नाममा कागजी प्रक्रिया मिलाएर १ करोड १० लाख रुपैयाँ अनियमित खर्च देखाइएको छ । अधिकांश कार्यक्रमहरूमा लाभग्राही छनोटको आधार छैन, जनसहभागिता छैन, न त सार्वजनिक पारदर्शिता नै देखिन्छ ।पूर्वाधार विकास कार्यालयले सरकारी मापदण्ड विपरीत कार्यक्रम सञ्चालित गर्दै सुनियोजित रुपमा गैरसरकारी संस्थामार्फत रकम खर्च गरेको हो । प्रदेश सरकारद्वारा…
आईजीपी थापाको निर्देशन- स्रोतको अधिकतम उपयोग गर्दै नागरिककेन्द्रित सेवा प्रवाहमा लाग्नू
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूलाई नागरिककेन्द्रित, व्यावसायिक र उत्तरदायी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट आयोजित भर्चुअल निर्देशन कार्यक्रममा सम्पूर्ण देशभरका प्रहरी इकाइहरूसँग प्रत्यक्ष संवाद गर्दै आईजीपी थापाले सो निर्देशन दिएका हुन् । उनले विगतमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उनले बताए ।…
श्रीमतीसहित परिवारका ४ जनाको हत्यापछि प्रहरीलाई अभियुक्तको फोनः मैले मान्छे मारेँ, पक्राउ गर्न आउनुस्
काठमाडौं । भोजपुरमा आफ्नै सासु, ससुरा, श्रीमती र सालोलाई छुरा प्रहार गरी हत्या गरेका अभियुक्तले आफैं प्रहरीलाई फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएको खुलेको छ। भोजपुर नगरपालिका–२ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुरालीमा शनिबार राति उक्त सामूहिक हत्या गरेका हुन्। राईले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।’ भन्दै खबर गरेका थिए। उनको फोनपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट असई अशोक कुमार खवासको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुग्दा राईका ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, १६ वर्षीया श्रीमती र १०…
भारतीय अभिनेत्री शेफाली जरीवालाको मृत्युः बुढ्यौली रोक्ने औषधी र सुईका कारण भएको आशंका
काठमाडौं । भारतीय अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा शुक्रबार राति अचानक मृत्यु भयो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले लामो समयदेखि बुढ्यौली रोक्ने औषधी र सुई प्रयोग गरिरहेकी थिइन् भन्ने तथ्य सार्वजनिक भएको छ । जुन २७ तारिख दिउँसो शेफालीले घरमै एउटा सुई लिएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अधिकारीका अनुसार सम्भवतः त्यो सुई बुढ्यौली रोक्ने (एन्टिएजिङ) औषधीसँग सम्बन्धित थियो । सुई लगाएपछि उनको रक्तचाप निकै छिटो घट्यो र उनी काम्न थालिन् । त्यसपछि परिवारले उनलाई तुरुन्त मुम्बईको अन्धेरीस्थित बेलभ्यू मल्टिस्पेशियालटी अस्पताल पु¥याए । तर डाक्टरहरूले उनलाई मृत घोषणा गरे । राति एक बजे प्रहरीलाई जानकारी दिइएपछि शवलाई पोस्टमार्टमका…
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका हुन् । बैंक घोटालाको घटना बाहिरिएपछि फरार भएर भारत पुगेका भनिएका मिश्रलाई बाँकेको नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी होविन्द्र बोगटीले बताए । पक्राउ परेका मिश्रमाथि बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । स्रोतका अनुसार, उनी बैंकका अध्यक्ष रहेको अवधि (२०६६ देखि २०७५ सम्म) मा बैंकबाट रकम हिनामिना भएको देखिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी पूर्व सांसद समेत हुन् । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४…
काठमाडौं । जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएका छन् । अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका हुन् । सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि यादवले धम्क्याएका हुन् । जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइने आरोप प्रहरीले खेप्दै आएको छ । यही विषयलाई लिएर जिल्ला प्रहरी प्रमुख एसपी खड्का र जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवबीच वादविवाद हुँदा अश्लिल शब्द प्रयोग गर्दै धक्की दिएका छन् । अध्यक्ष यादवले प्रहरी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका एकजना सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वार्टर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे । सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।
काठमाडौ २० असार । वीरगन्ज महानगरपालिका(१ बाट सशस्त्र प्रहरीले १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रुपले भण्डारण गरी राखिएको लत्ता कपडासहितका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्सा, प्रस्तावित सीमा सुरुक्षा गुल्म वीरगन्ज, बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले बिहीबार बरामद गरेको हो। विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयास्थित लिलावती देवीको एक तल्ले पक्की घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारेर उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले…
काठमाडौं । सैनिक विशेष अदालतले नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त गरेको छ । बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो । ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक उच्च स्रोतले भन्यो, ‘अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला भएको छ।’ सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको…
दाङ । दाङकोएक सहकारीलाई भाडामा दिइएको जग्गा बिक्री गरिएको खुलेको छ । जग्गा बिक्री गरिएको भन्दै पीडितले पत्रकार सम्मेलन गरेर घटनाबारे सत्यतथ्य समेत सार्वजनिक गरेकी छिन् । मुलजिता बुढाकाे घोराही-७ सौडियारस्थित १० कठ्ठा ८ धुर जग्गा टीका बुढा रञ्जितले सहकारीका लागि भनेर १० वर्षका लागि जग्गा भाडाकाे सम्झौता गरेका थिए । तर, उनले जालसाजी गरि सम्झौता गरेको केही दिनमै बिक्री गरेको पत्रकार सम्मेलनमार्फत उनले आरोप लगाएका छन् । रन्जित माओवादी नेता कृष्णबहादुर महराको छोरीज्वाइँ हुन् । घोराही-७ को वडा कार्यालय, मालपोत कार्यालय, वकिललगायतको मिलेमतोमा नै आफ्नो भाडामा दिइएको जग्गा बिक्री गरिएको बुढाले पत्रकार सम्मेलनमा बताइन् । सहकारीको लागि सम्झौता गर्ने…