Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले प्रहरी महानिरीक्षक (आईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ।’

थप

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए । यसैगरी, आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख(एक लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गृहमन्त्रीले गरेका छन् । शवहरू व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।

थप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा उपत्यकाका दर्जनौं प्रहरी वृत्त, प्रभाग र बिट तोडफोड तथा आगजनी गरियो । तर, थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेर थापाथली प्रहरी बिट जोगाउल सफल भएका छन् । सिंहदरबार प्रहरी वृत्त मातहतको थापाथली प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउँदै स्थानीयले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा समेत सुरक्षित राखेका थिए । आन्दोलनकै बीचमा संरचना जोगाउन विशेष पहल गरेका बासिन्दाले आज औपचारिक रूपमा बिटको सरसामानसहित बिटको चाबी बिटका प्रहरी प्रमुखलाई फिर्ता गरेका छन् । थापाथली सुकुम्बासी बस्तीका अगुवाहरू अध्यक्ष मीनकुमार मगर, सचिव गोपाल पौडेल, सल्लाहकार दल मर्दन कामी, सुमन चौधरी, गणेश राइगाई, बेन्जामुन सुब्बा, आकाश बुढाथोकी,…

थप

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई प्रधानमन्त्रीपछिको वरीयता दिइएको छ । सोमबार शपथसँगै खनाललाई प्रधानमन्त्री सुशीला कार्की पछाडिको वरीयता दिइएको हो । खनालपछिको वरीयतामा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल छन् । उनीहरूले आजै शपथ लिएका हुन् । खनाल र घिसिङ पूर्वप्रशासक र अर्याल कानूनी पृष्ठभूमिबाट आएका हुन् । उनी काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकारसमेत हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन आइतबार राति कार्कीले तीन मन्त्री नियुक्त गरेकी थिइन् ।

थप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

थप

काठमाडौं । नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्।

थप

काठमाडौं । अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण गराएका हुन् । रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह , कानून तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन्…

थप

काठमाडौं । मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार भएको छ । राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ सुत्केरी महिलामाथि बलात्कार भएको हो । भदौ २६ गते राति उनका श्रीमानलाई रुखमा बाँधेर दुई महिने सुत्केरी श्रीमतीलाई बलात्कार गरेको पाइएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले जानकारी दिए । बलात्कार आरोपमा प्रहरीले स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ । उनलाई आइतबार साँझ नै पक्राउ गरि मनहरी इलाका प्रहरी कार्यालय पठाइएको सिंहले बताए । ‘रुखमा बाँधेर पत्नीमाथि बलात्कार गरिरहँदा आरोपीले उल्टै श्रीमानलाई कोही आएको छ कि छैन हेर’ भनेर काम अह्राएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै आयोगले तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूबाट सवारी साधन, टिभी, कम्प्युटर, हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर लगायतका विभिन्न जिन्सी सामानहरू हराएको वा चोरी भएको जनाएको हो । सिसिटिभी फुटेजको आधारमा तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ । आयोगले कसैले पनि यी सामग्रीहरू लिएको वा प्राप्त गरेको भए काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ । अन्य कार्यालयहरूको हकमा भने…

थप

काठमाडौं । मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा नै माग्न भ्याए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् । सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’ प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो । विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार…

थप