Author: Scoop Khabar

काठमाडौं । भदौ २३ र २४ गते जेनजीको नाममा भएको विध्वंशात्मक आन्दोलनपछि भदौ २५ गते काठमाडौंका मेयर बालेन्द्र साहको घरमा शुशिला कार्कीको नेतृत्वमा मन्त्रिमण्डल गठनको प्रारम्भिक तयारी बैठक बसेको खुलासा भएको छ। बैठकमा पूर्वप्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्की, बालेन्द्रका कानुनी सल्लाहकार तथा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसहित ५ जना सहभागी थिए। अन्य दुई जनाको नाम खुलेको छैन, तर उनीहरु भारतीय दुताबास नजिकका मानिस भएको आशंका छ। स्रोतका अनुसार, यही बैठकले मन्त्रिमण्डलको मुख्य स्वरूप तयार पारेको थियो। विश्लेषक भरत दाहालकाअनुसार, यसअघि भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा काठमाडौं र अन्य ठाउँमा भएका घटनापछि सरकार गठनको तयारी तीव्र बनाइएको थियो।…

थप

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ र बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२२ को चुरीयामाई इलाकामा नेपाली सेनाको (७.५) ट्रक दुर्घटना हुँदा १७ जना सैनिक घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ः२८ बजे तनहुँको खैरेनीटारबाट धनुषातर्फ जाँदै गरेको श्री नं. २ राजदल गणको ट्रक दुर्घटनामा परेको हो। उ.से. हर्ष विक्रम अधिकारीको कमाण्डमा १ः२१ नफ्री फौज ‘प्रधान सेनापति व्यानर प्रतियोगिता’ अन्तर्गतको ट्याक्टिकल फायरिङ्गमा सहभागी हुन जाँदै गर्दा बा.१ ग. २८० नम्बरको ट्रक दुर्घटनामा परेको सेनाले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई गम्भीर चोट लागेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेहरुमा हु. चक्र बहादुर बोहरा, हु. हिरामान माझी,…

थप

काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको ड्रेसको दुरुपयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केही दिनअघि पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट मुद्दासमेत चलाइएको छ। सोमबार अदालत खुलेपछि म्याद थप गरिएको हो। २४ गते साँझ आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्दै आगजानी गरेका थिए। डोजरसहित कार्यालय जलाउन पुगेका थिए। हिरासतबाट १२५ जना थुनुवा भागेका थिए। जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए। सोही क्रममा ती व्यक्तिले एसपीको पोशाक झिकेर लगाएका थिए। मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगजानी भएका संरचनाहरूको अवलोकन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय…

थप

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा खण्डहर भएको कोटेश्वरस्थित नरेफाँटको प्रहरी चौकी पुन:स्थापना गरिएको छ । ‘कोटदेवी विध्यानगर समाज सुधार समिति’ को संयोजनमा पुन: स्थापना कार्य सम्पन्न गरिएको हो । समितिले प्रहरीलाई ड्यूटीका लागि एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको प्रहरी चौकी पुन:स्थापना समितिका संयोजक देव चौलागाईंले बताए । प्रहरीलाई सधैं सहयोग गर्न आफूहरू तयार रहेको उनले बताएका छन् ।

थप

काठमाडौं । उपत्यकाकै उत्कृष्ट र अनुकरणीय प्रहरी वृत्तका रूपमा ख्याति कमाएको प्रहरी वृत्त बौद्ध स्थानीय समुदायको अथक मेहनत, स्रोत–साधन र सम्पत्तिको जगमा निर्माण भएको थियो । यस वृत्तले विगतमा यस क्षेत्रको शान्ति सुरक्षा सुनिश्चित गर्दै प्रहरी–समुदाय सहकार्यको जीवन्त उदाहरण प्रस्तुत गरेको थियो । तर, दुर्भाग्यवश २०८२ भदौ २३ र २४ गते जेनजेड समूहको आन्दोलनको क्रममा अपराधिक समूहले घुसपैठ गरेर यस प्रहरी वृत्तलाई पूर्ण रूपले ध्वस्त बनाउने काम गर्‍यो । स्थानीय समुदायको भनाइअनुसार, प्रहरीको भवनमा आगजनी गर्नेहरूमध्ये त्यसदिन प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको समेत संलग्नता रहेको तथ्यले थप गम्भीर प्रश्न खडा गरेको छ । यस किसिमको नृशंस कार्य केवल प्रहरी संस्थामाथि मात्र…

थप

रौतहट । जेनजी आन्दोलनले देशभरि अराजक परिस्थिति सिर्जना गर्दा राजधानी सिंहदरबारदेखि देशका ठूला–ठूला सरकारी धरोहरहरू जले, रौतहटमै पनि दर्जनौं सरकारी तथा प्रहरी कार्यालय आगोले खरानी भए। सदरमुकाम गौर कारागारबाटसमेत सयौं कैदी फरार भए। तर जिल्लाको दुर्गम मानिने फतुवा विजयपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय विजयपुर भने इन्स्पेक्टर सुरेन्द्र यादवको सुझबुझ, सक्रियता र रणनीतिपूर्ण प्रहरी परिचालनकै कारण जल्नबाट जोगियो। बिहानैदेखि तनावपूर्ण वातावरण थियोगत २४ गते बिहान करिब ९ बजे करिब १५०/२०० जनाको समूहमा जेनजी कार्यकर्ताहरू दुधीअवाबाट नाराजुलुस गर्दै विजयपुर बजार पुगेका थिए। नगरपालिका, बजार चोक र थानाको अगाडि टायर बाल्दै उनीहरूले प्रदर्शन गरे। कार्यक्रम दिउँसो १२ बजे सकियो। बेलुकी करिब ४ बजे…

थप

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाटको पछाडि निलम्बित लेखा अधिकृत नवीन यादवलाई जोगाउने षड्यन्त्र रहेको खुलेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा स्थानीय बासिन्दाले घटनाबारे प्रत्यक्ष खुलासा गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई बचाउन नेपाली कांग्रेसबाट निर्वाचित वडा ८ का अध्यक्ष नितेश चौधरी, वडा ९ का अध्यक्ष राकेश यादव (पप्पु) र मावि दुधिअवाका शिक्षक रविन्द्र यादव प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण बाहिर आएको छ। स्थानीयकाअनुसार, उनीहरूले जनतालाई उचालेर नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, शिक्षा शाखा र मेयर बस्ने कोठासम्ममा तोडफोड,…

थप

काठमाडौं । अर्बौं रुपैयाँ मौज्दात भएको प्रहरी कल्याणकारी कोष छँदाछँदै कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीका परिवारलाई सहयोग गर्न कर्मचारीको तलब काट्ने निर्णयले संगठनभित्रै प्रश्नको भारी खडा गरेको छ। जेएनजी आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक मिलन (मनिष) राई, प्रहरी जवान उत्तम थापा र प्रहरी जवान अमृत गुरुङले ड्यूटीमै आफ्नो प्राण आहुति दिए। उनीहरूको फौजी परम्पराअनुसार अन्त्येष्टी भइसकेको छ। पशुपति आर्यघाटमा भएको अन्त्येष्टीमा महानिरीक्षक चन्द्रकुबेर खापुङ आफैं उपस्थित थिए। तर, भदौ ३० गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई प्रतिव्यक्ति १० लाख दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। सो…

थप

काठमाडौं । अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले आफूले अकबरे खुर्सानी बेचेर जम्मा गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्। अधिकारीले भने, ‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो। अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ। सबैले सकेको सहयोग गर्नुपर्छ।’ रकम जम्मा गरेर अधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई भौचर हस्तान्तरण गरेका थिए।

थप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी)को युनिफर्ममा राष्ट्रिय झण्डा बोकेर न्यूरोडस्थित प्रहरी वृत्त जनसेवासहितका सरकारी कार्यालय जलाउने युवक पूर्व प्रहरी भएको खुलेको छ। उनको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। उनी हुन् पर्सा घर भएका सुरज कुमार रौनियार। प्रहरी अधिकारीको पोशाक लगाएर आन्दोलन भड्काउने र आगजनी गर्ने काममा उनको संलग्नता देखिएको छ। ती युवकले भिडिओमा भनेका छन्– ‘अब लगालग गर्ने हो, एकदमै लगालग।’ भिडिओमा उनी आफ्नै मोबाइलबाट नारा लगाउँदै र भिडलाई उत्तेजित पार्दै गरेको देखिन्छ। रौनियार भक्तपुरमा कार्यरत रहँदा आपराधिक गतिविधिमा संलग्न भएको भेटिएपछि प्रहरी प्रधान कार्यालयले ०७८ सालमा बर्खास्त गरेको थियो। ठगीमा संलग्नता प्रमाणित भएपछि…

थप