अछाम । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
