काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विञान प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिस्ट्रार र डेपुटी रजिस्ट्रारले एकैपटक पदबाट राजीनामा दिएका छन् ।
पदिय जिम्मेवारीमा योग्यता नपुगेपछि प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार घोराही १५ निवासी झङ्कार लामिछानेले पदबाट राजीनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुले दिएको राजीनामा पत्र मन्त्रालयमा पनि दर्ता भइसकेको छ । योग्यता नपुगेको भन्दै उनीहरुविरुद् अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो ।
अख्तियार आयुक्त र स्वास्थ्यमन्त्री मोहन बस्नेतले दबाब दिएपछि तिनै जनाले पदबाट राजीनामा दिएका हुन् । रास्ट्रिय सतर्कता केन्द्रले पनि योग्यता नपुगेको भन्दै अख्तियारलाई थप छानबिन गर्न पत्राचार गरेको थियो ।
गत कात्तिक १ गतेदेखि नै लागु हुने गरि तिनै जनाले राजीनामा दिएको मन्त्रालयले जनाएको छ ।
