काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको टिप्पणी गरेका छन् ।
बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरे ।
अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको, राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको उनको आरोप छ ।
रास्वपामा राणा शासन जस्तो प्रवृति नभएको उनको दाबी छ ।
Facebook Comments Box
