काठमाडौं । (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा फसेका नेपालीहरूको उद्धार गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
इजरायलमा रहेका नेपाली विद्यार्थीहरूमध्ये २ सय ५४ जनालाई सरकारले हवाई उद्धार गरेर स्वदेश ल्याएको छ ।
‘युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ । नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नेपालीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू आफैँ इजरायल गएका थिए ।
Facebook Comments Box
