काठमाडौं । नेपाली कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीका लागि पेस भएका दुवै प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
एमालेका प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीले पनि गठबन्धनबाट प्रस्ताव गरिएका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको समर्थनमा हस्ताक्षर गरेका छन् ।
संविधानका धारा १६८ को उपधारा ५ बमोजिम सत्ता गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनले नेपाली कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एकसहित ४७ सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।
कार्कीले पनि ४७ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनलाई एमालेका ३९ र कांग्रेसका उनीबाहेक ७ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
यी हुन् दुवैलाई समर्थन गर्ने कांग्रेसका ८ सांसद
१. केदार कार्की
२. रामकुमार खत्री
३. लीलाकुमारी राई
४. मानबहादुर लिम्बू
५. शमशेर राई
६. इन्दिरा थापा
७. सुनीताकुमारी गुरुङ
८. गोविन्द गिरी
