काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार जति दिन राख्यो उति नै मुलुक कमजोर हुँदै जाने बताएका छन् । कांग्रेस कपिलवस्तु जिल्ला सम्मेलनको बुधबार उद्घाटन गर्दै कोइरालाले सरकार नसच्चिने हो भने छाड्नुपर्ने बताए।
‘यो सरकार जति दिन रह्यो, त्यति नै मुलुक बरबादीतर्फ जाने देखिन्छ,’ डा. कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति दिन देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक अवस्था कमजोर हुँदै जान्छ ।’
डा. कोइरालाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। ‘मुलुकमा कांग्रेस नेतृत्वकै सरकार अपरिहार्य भइसक्यो,’ कोइरालाले भने ।
महँगी बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए ।जनतालाई सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य बस्तुहरूको भाउ बढ्दै गइरहेको डा. कोइरालाको भना
