काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्ने धारणा राखेका छन् ।
दलहरुले सरकार बनाउँदा विधिलाई उल्लंघन गरेका कारण अदालतसम्म पुगेको र अदालतबाट सच्याउने अवसर प्राप्त भएको थापाको भनाइ छ ।
नेता थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दल मिलेर सरकार बनाउनु उपयुक्त हुने उल्लेख गरे ।
कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन एमालेले प्रस्ताव अघि सार्नुपर्ने थापाको भनाइ थियो ।
Facebook Comments Box
