काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको तस्करीको ६० किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङको नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो ।
गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको हो । ठमेल सथित ‘होटल भियना’को सञ्चालक समेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ ।
दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । उनले २०७४ पुस २० मा नागरिकता लिएका थिए ।
सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ ।
