काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनल खेल हुँदैछ ।
फाइनल खेहमा उपाधीका लागि आज (शनिबार) नेपाल र हङकङ भिड्दै छ ।
अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।
शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो ।
नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।
नेपालको नेटरनरेट ०.८५३ छ । अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो ।
हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको लागि शनिबारनै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comments Box
