जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा आफ्नो १ बर्षको कार्यकाल सम्पन्न गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकृष्ण देवकोटा विदा भएका छन् ।
करिब ११ महिना इलाका प्रहरी कार्यालय सबैलामा रहँदा देवकोटाले दर्जनौं फरार अभियुक्तलाई पक्राउ गर्न सफल भए भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका इन्स्पेक्टर देवकोटाले आफ्नो कार्यकाललाई विवादरहित बनाए । कुनै प्रकारको विवादमा मुछिएनन् ।
उनले आफ्नो कमान्डमा २० लाख बराबर स्रोत नखुलेको नगदसहित मानिस पक्राउ गरि सम्पत्ति शुद्धिकरण विभाग पठाए । घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गरि नष्ट गरे ।
कमला खोलामा भइरहेको अवैध उत्खनन तथा दोहन रोक्न भूमिका गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रम सबैला नगरपालिका १३ वटा वार्ड र गणेशमान चारनाथ नगरपालिका ९, १०, ११ र शहिदनगर नगरपालिका १ वार्डमा सञ्चालन गरे ।
बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरी पोष्ट स्थापना गरि व्यापक चेकजाँच, दैनिक गस्ती Patrolling, अपराध नियन्त्रण गर्न फरार भएका अपराधका घटनामा समलगन हरूलाई पक्राउ गरि अदालतमा उपस्थित गराएर शान्ति सुरुमा चुस्तदुरुस्त बनाए ।
