काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।
शनिबार राप्रपा वरिष्ठ नेता नवराज सुवेदीको निवासमा अध्यक्ष लिङ्देन, कांग्रेस नेताद्वय केसी र लोकेश ढकाल बीच अनौपचारिक राजनीतिक भेटघाट भएको हो ।
भेटघाटमा राष्ट्रिय राजनीतिका विविध पाटोमा रोचक कुराकानी भएको कांग्रेस नेता लोकेश ढकालले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् ।
ढकाल कांग्रेसभित्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्नुपर्ने लाइनमा निरन्तर उभिने नेताको रुपमा चिनिन्छन् ।
Facebook Comments Box
