काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् ।
उनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
Facebook Comments Box
