काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३ हजार ८७१ जवान सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीको साधारण समूहतर्फको सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ३ हजार ८७१ जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफासि गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।
https://drive.google.com/file/d/1MqqQCn_nG00T590X6_YT-M3zfmBjbZ9m/preview
Facebook Comments Box
![सशस्त्र प्रहरीका ३ हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/APF.webp)