काठमाडौं । चर्चित ललिता निवास क्याम्पभित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जनाएको छ ।
उक्त सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए ।
Facebook Comments Box
