काठमाडौं । भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ।
नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हो ।
कार चालकको उपचार भइरहेको छ। शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन्। उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन् ।
घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरू श्रावस्ती गएका छन् ।
Facebook Comments Box
