काठमाडौ । मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । कमसल सिमेन्ट बेचेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।
पक्राउ पुर्जी जारी हुनेमा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साह छन् ।
बिजनेस डाइरेक्टर ज्योति शर्मा भने यसअधि नै पक्राउ परेका छन् ।
उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो ।
Facebook Comments Box
