सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको कमान्ड प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले सम्हालेका छन्। सरुवा भएर आएका भट्ट कार्यालय प्रमुखका रूपमा हाजिर भएसँगै उनलाई प्रहरी कार्यालयमा स्वागत गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको २०८३ मंसिर १ गतेको पत्रादेशअनुसार सरुवा भएका भट्टले मंसिर ७ गतेदेखि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
कार्यालयमा आयोजित स्वागत कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) जेसी शाहसहित वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। उनीहरूले भट्टलाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए।
नयाँ जिम्मेवारी सम्हालेका भट्टका सामु जिल्लाको शान्तिसुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने, नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने र प्रहरी संगठनको आन्तरिक व्यवस्थापन प्रभावकारी बनाउने जिम्मेवारी छ।
त्यसैगरी, जिल्लाका सुरक्षा चुनौती पहिचान गरी मातहतका प्रहरी इकाइलाई प्रभावकारी रूपमा परिचालन गर्नु र नागरिकमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्नु पनि उनको कार्यकालका महत्वपूर्ण पक्ष हुनेछन्।

