काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत माओ मिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
मंसिर ५ गते बूढानीलकण्ठ नगरपालिका–६, इटालीटारस्थित लामिछानेको निवासमा भएको भेटवार्ता दिउँसो २ः४३ बजे सुरु भएर ४ः२६ बजेसम्म चलेको थियो ।
भेटमा दुई पक्षबीच समसामयिक राजनीतिक विषयसँगै प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित चीन भ्रमणबारे समेत छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री शाहको चीन भ्रमणका लागि कूटनीतिक तथा आवश्यक तयारी अघि बढाइएको र मंसिरको अन्तिम साता भ्रमण हुन सक्ने सम्भावना रहेको छ । प्रारम्भिक तयारीअनुसार मंसिर २६ वा २७ गते भ्रमण हुन सक्ने चर्चा छ ।
यद्यपि भ्रमणको औपचारिक मिति र कार्यक्रम सार्वजनिक भइसकेको छैन ।
हाल प्रधानमन्त्री शाह भारत भ्रमणमा छन् । भारत भ्रमणलगत्तै उनको चीन भ्रमणको तयारी अघि बढ्नुलाई क्षेत्रीय कूटनीतिक सम्बन्धका दृष्टिले पनि चासोका साथ हेरिएको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ कूटनीतिक सक्रियता बढिरहेको देखिएको छ । उच्चस्तरीय राजनीतिक भेटघाट र सम्भावित भ्रमणका तयारीले नेपालसँगको सम्बन्धलाई थप प्राथमिकतामा राखेको संकेत गरेका छन् ।

