काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपक कुँवर कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले कुँवरलाई २०८३ साल कात्तिक महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरेको हो।
सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको र शान्ति सुरक्षा कायम गर्न योगदान पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले मंसिर १ गते प्रशंसापत्र प्रदान गर्दै कुँवरलाई सम्मान गरेका हुन्।
उत्कृष्ट प्रहरी घोषित कुँवरलाई आगामी व्यावसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ।

