काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगेका छन्।
आयोगले स्थानीय तहको निर्वाचनको तयारीस्वरूप शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग परामर्श गर्न लागेको हो। त्यसैक्रममा आयोगले बिहानै राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको थियो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा स्थानीय तहको निर्वाचनको मिति, निर्वाचन व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा दलहरूको सुझाव लिइनेछ।
आयोगले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीस्वरूप राजनीतिक दलहरूसँग परामर्श थालेको जनाएको छ।
Facebook Comments Box

