काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएलगत्तै बोल्दै उनले नेपाल प्रहरीको चेन अफ कमाण्ड र संगठनभित्र कुनै पनि किसिमको दलीय राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्।
अपराध अनुसन्धान र शान्ति सुरक्षालाई निष्पक्ष रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै उनले प्रहरी कर्मचारीको वृत्तिविकास र व्यावसायिकतालाई प्राथमिकता दिने उल्लेख गरे।
उनले भने–‘जनतासँगको सम्बन्ध नै हाम्रो महत्वपूर्ण एसेप्ट हो भन्ने देखिन्छ । यहि भावना अनुसार म नेपाल सरकारसँग आवश्यक स्रोत साधन, कानूनी स्पष्टता, कार्यगत स्वायत्तता, राजनीतिक दलहरुसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोग र सञ्चारजगतसँग कमजोरीहरुसँगै राम्रा कामका लागि स्थान दिन समेत आग्रह गर्दछु ।’

